सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी यथावत्
वैशाख १६, २०८२ । नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य सामान्य रूपमा बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ। सोमबार यसै सुनको मूल्य १ लाख ८८ हजार ३ सय रुपैयाँ तोकिएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार पनि चाँदी अघिल्लो दिनकै दर अर्थात् तोलामा १ हजार ९७० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँगै नेपाली रुपैयाँको विनिमय दरमा आउने उतारचढावका आधारमा निर्धारण हुने गर्दछ।

