विजनेस

सुनचाँदीको मूल्य घट्यो

Sharing is caring!

असोज १४, २०८१ । साताको दोस्रो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला  १ लाख ६० हजार ५ सय रूपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *