सुनको मूल्य बढ्यो, चाँदी यथावत्
वैशाख २१, २०८२ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ मा कारोबार भइरहेको छ।
यसअघि शुक्रबारसम्म सो सुनको मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ थियो। सोही आधारमा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो।
उता चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन। महासंघले जनाएको अनुसार चाँदी आज पनि अघिल्लै मूल्य १ हजार ९१० रुपैयाँ प्रतितोलामा स्थिर रहेको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावले नेपाली बजारमा सुनको भाउमा असर पार्ने गरेको बताउँदै आएको छ।

