विजनेस

एकैदिन १७ सयले बढ्यो सुन, तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँ

Sharing is caring!

वैशाख २४, २०८२ ।  नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *