सुनको मूल्यमा एकैदिन ५ हजार ३०० रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो
वैशाख २३, २०८२ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ५ हजार ३०० रुपैयाँले बढी हो।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ रहेको थियो। यसरी मूल्यमा भएको तीव्र वृद्धिसँगै नेपाली सुन बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार तोलामा १ हजार ९१० रुपैयाँ रहेको चाँदी मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग आपूर्ति र भन्सार शुल्कजस्ता कारक तत्वका आधारमा निर्धारण हुने गर्दछ। आगामी दिनमा मूल्यमा अझै उतारचढाव आउने अनुमान गरिएको छ।

