विजनेस

एकैदिन ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ किनबेच ?

Sharing is caring!


जेठ ७, २०८२ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा ५ हजार रुपैयाँले बढ्दै १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको हो ।

मंगलबार छापावाल सुन १ लाख ८४ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । एकैदिन यति ठूलो मूल्यवृद्धिले सुन किन्ने उपभोक्ताहरूलाई थप बोझ परेको व्यवसायीहरू बताउँछन् ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धिको क्रम देखिएको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार १ हजार ९९० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र डलरको भाउमा आएको परिवर्तनले नेपाली बजारमा समेत असर परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *