सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि
असार ८, २०८२ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार उक्त सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ थियो।
त्यसैगरी, आइतबार १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६७ हजार ३५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
चाँदीको मूल्यमा पनि आइतबार सामान्य वृद्धि देखिएको छ। शुक्रबार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँले बढेर २ हजार १६० रुपैयाँमा पुगेको छ।
महासंघले सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य र भन्सार दरका आधारमा दैनिक अपडेट गर्ने गर्दछ।

