सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो
जेठ ११, २०८२ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार ४०० रुपैयाँले बढी हो।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन। महासंघका अनुसार शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा स्थिर रहेको छ।

