विजनेस

सुनको मूल्य तोलामा १४ सयले घट्यो

Sharing is caring!

वैशाख २६, २०८२ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै यसको प्रभाव नेपालका स्थानीय बजारमा पनि देखिएको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य एक हजार ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पाँच रुपैयाँको वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १ हजार ९५५ रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा, आज एक औंसी सुन ३ हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *