विजनेस

साताको पहिलो दिन सुनको मूल्य स्थिर, चाँदी घट्यो

Sharing is caring!


असार ३०, २०८१ ।  साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९ सय रूपैयाँमा कारोबार भएको चाँदी आज २५ रूपैयाँले घटेर १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *