सुनको मूल्यमा उच्च गिरावट, चाँदी पनि घट्यो
फागुन ४, २०८१ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो।
शुक्रबार प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार १ हजार ९७० रुपैयाँ रहेको चाँदी आइतबार १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ।
विश्लेषकहरूको अनुसार, अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर नेपाली बजारमा देखिएको हो।

