विजनेस

सुनचाँदीको मूल्य घट्यो

Sharing is caring!


साउन २०, २०८१ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रूपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *