विजनेस

सुनको मूल्यमा नयाँ रेकर्ड

Sharing is caring!


साउन २१, २०८१ । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोवार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *