समाचार

बंगलादेशको जस्तो अवस्था नेपालमा पनि आउन सक्छ : महासचिव धर्मेन्द्र बास्तोला

Sharing is caring!


साउन २३, २०८१ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने भन्दै विचारधारात्मक रुपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए ।

उनले भने, ‘वर्ग संघर्षलाई नयाँ उचाईमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबीच भएकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, उहाँले हसिया दिएर घाँस काट्न पठाउने तरिकाले एकता सफल हुन सकेन ।’ बास्तोलाले नेपाली काँग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरुले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे ।

उनले भने, ‘नेपाली काँग्रेस र एमाले पश्चगामी राजनीतिक पार्टी हुन्, गणतन्त्र ल्याउन यी पार्टीका मुख्य नेताहरुको कुनै भूमिका छैन, अहिलेको परिवर्तन उनीहरुलाई मन परेको छैन, संविधान संशोधनको नाममा २०४७ भन्दा पछाडि फर्किन चाहन्छन् ।’

उनले नेपाली शासक पनि शेख हसिनाकै बाटोमा रहेको बताउँदै बास्तोलाले जनता आजित भइसकेको र नेपाली शासकहरुले दमनको बाटो रोजे भने बंगलादेशको जस्तै अवस्था आउन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *