समाचार

डा.सीके राउतको आत्मकथा सम्बन्धी पुस्तक ‘वैरागदेखि बचावसम्म’ लोकार्पण

Sharing is caring!

भदौ ७, २०८१ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नो आत्मकथा सम्बन्धी पुस्तक ‘वैरागदेखि बचावसम्म’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । राउतले पुस्तक इतिहासको एउटा कालखण्ड र दस्तावेज भएको भन्दै यसमा विगतको अवस्था परिस्थितीको बारेमा व्याख्या गरिएको बताए ।

उनले भने, ‘किताब नयाँ होइन, तेस्रो संस्करण हो । किताब अमेरिकामा लेखिएको थियो र अंग्रेजीमा नै लेखिएको थियो । इतिहासको एउटा कालखण्ड, दस्तावेज हो । विगतको अवस्था र परिस्थिती के थियो त्यो सबैका लागि जस्ताको त्यस्तै यसमा राखिएको छ ।’
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको समग्र राज्य व्यवस्था बदल्नुपर्ने भन्दै राज्य व्यवस्था परिवर्तन गर्नकै लागि आफू लागिपरिरहेको बताए ।

उनले भने, ‘नेपालको जुन सम्रग राज्य छ त्यसमा दुईवटा विम्वबीच देशमा बनेको छ । सबैका अनुभूतिहरु उस्ताउस्तै छन् । हाम्रो पुस्ता राज्य व्यवस्थालाई बदल्नको लागि लाग्यो । बाँकी रहेका कामहरु लडेर परिवर्तन गरेका हौं । नेपालको राज्य व्यवस्था बदल्नुपर्छ भनेर नै अहिलेसम्म लागिपरिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *