चार निर्माण कम्पनी कालोसूचीमा
वैशाख ४, २०८२ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । तीमध्ये तीन कम्पनी डेढ वर्षका लागि र एक कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका हुन् ।
कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा संलग्न ‘बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि’ (गोंगबु), सहदेव गौतम संलग्न ‘एस.एम. कन्स्ट्रक्सन’ (मकवानपुर), सुकु रानामगर संलग्न ‘राना फर्निचर सहकारी तथा मल्टिपर्पस उद्योग’ (मध्यनेपाल, लमजुङ) र तुफान सिंह बुढाथोकी संलग्न ‘गौरीगोमा निर्माण सेवा’ (शारदा नगरपालिका, सल्यान) रहेका छन् ।
गौरीगोमा निर्माण सेवालाई सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको हो भने अन्य तीन कम्पनीहरूलाई डेढ वर्षका लागि सूचीकृत गरिएको छ ।
निर्माणको जिम्मा लिएर पनि काम सन्तोषजनक रुपमा नगर्ने कम्पनीहरूलाई सरकारले कालोसूचीमा राख्ने अभ्यास गर्दै आएको छ । कालोसूचीमा परेका कम्पनीहरू तोकिएको अवधि भर सार्वजनिक निकायद्वारा हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।
कालोसूचीमा परेका कम्पनीहरूको विवरण-


