विदेश

अमेरिकीपूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

Sharing is caring!

जेठ ५, २०८२ । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । उनका स्वास्थ्य अवस्थाबारे आइतबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा क्यान्सर हड्डीसम्म फैलिएको जानकारी दिइएको छ ।

८२ वर्षीय बाइडेनले युरिनसम्बन्धी समस्या देखिएपछि गत हप्ता चिकित्सककोमा स्वास्थ्य परीक्षण गराएका थिए । सोही परीक्षणको आधारमा शुक्रबार उनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि गरिएको हो ।

बाइडेनको क्यान्सर हाई ग्रेड’ श्रेणीको रहेको जनाइएको छ, जसको अर्थ क्यान्सर कोशिकाहरू छिटो फैलन सक्ने जोखिममा छन् । क्यान्सर रिसर्च यूके का अनुसार यस्ता प्रकारका क्यान्सरहरू प्रायः बढी आक्रामक हुने सम्भावना रहन्छ ।

उनको कार्यालयका अनुसार क्यान्सर हर्मोन-सेन्सेटिभ’ रहेकोले विशेष प्रकारका औषधीय उपचारमार्फत यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिनेछ । हाल बाइडेन र उनको परिवार उपचारका सम्भावित विकल्पहरूबारे समीक्षामा जुटिरहेका छन् ।

बाइडेनको क्यान्सरसम्बन्धी खबर सार्वजनिक भएलगत्तै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, “मेलानिया र म बाइडेनको स्वास्थ्य अवस्थाबारे सुनेर दुःखी छौं । उहाँलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछौं ।”

बाइडेनको स्वास्थ्यको विषयमा चासो जनाउँदै अमेरिकी राजनीतिका अन्य नेताहरूले पनि शुभकामना सन्देश व्यक्त गरिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *