डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुख यादवमाथि आशंका भने शिर्षकमा यादवद्वारा खण्डन
असार ४ , २०८२ । डीडीसीको दूधमा कम तौल देखिएको भन्दै सार्वजनिक गरिएको सीसीटीभी फुटेजसँग जोडेर आएको समाचारप्रति पूर्व आयोजना प्रमुख गणेशकुमार यादवले खण्डन पेश गरेका छन्।
उनले सो समाचारमा आफ्नो नाम जोडिनु तथ्यहीन र आधारहीन भएको दाबी गर्दै, खण्डन प्रकाशित गर्न अनुरोध गरेका छन्। यादवले हस्तलिखित खण्डनपत्रमार्फत आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

