समाचार

साइकोलोजी पढेका परराष्ट्रमन्त्रीसँग कूटनीतिक ज्ञान छैन : सांसद सिंह

Sharing is caring!

वैशाख २४, २०८२ । भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि नेपालसँगको खुला सीमालाई लिएर सुरक्षा जोखिम र कूटनीतिक विवेकको विषयमा चर्को बहस सुरु भएको छ । प्रतिनिधिसभामा सांसद अमरेशकुमार सिंहले सरकारको परराष्ट्र नीतिमाथि कडा प्रश्न उठाएका छन् ।

उनले संसदमा बोल्दै भने, “नेपालसँग खुला सीमा छ, भारत–पाकिस्तानबीच तनाव चुलिएको छ, सरकारले आतङ्कवादी गतिविधि नहोस् भनेर ध्यान दिनुपर्ने हो । तर दुर्भाग्य, सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन। किनकि परराष्ट्र मन्त्री साइकोलोजी पढेका व्यक्ति हुन्, उहाँलाई डिप्लोमेसी के हो, थाहा छैन ।”

सांसद सिंहले सीमामा कडाइ गर्न र विदेशी द्वन्द्वको सन्दर्भमा नेपालले चनाखो र सन्तुलित भूमिका लिनु पर्नेमा जोड दिएका थिए । उनका अनुसार यति संवेदनशील अवस्थामा कूटनीतिक चतुराइको खाँचो हुन्छ, जुन वर्तमान नेतृत्वमा कमजोर देखिएको छ ।

विशेषज्ञहरू पनि खुला सीमाको कारण नेपालमा सम्भावित सुरक्षा चुनौतीबारे सचेत रहनुपर्ने बताउँछन्। उनीहरूका अनुसार सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्नु र कूटनीतिक रूपमा सन्तुलित नीति अख्तियार गर्नु नेपालका लागि तत्काल आवश्यक कदम हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *