देश

पहिलो पटक मन्त्री बनेकी आरजु राणाले उठाइन सीमा समस्याको मुद्दा

Sharing is caring!


असार ३१, २०८१ । नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् ।

राणा पहिलोपटक मन्त्री बनेकी हुन् । रोजेको मन्त्रालय पाएकी उनी मन्त्रिपरिषदको सातौं वरियतामा रहने छिन् । पदभार ग्रहणपछि उनले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् ।

उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताईन् । बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुनपर्ने भन्दै तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने उनको दावी गरिन् ।

मन्त्री राणाले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुन् । उनलाई विभिन्न भ्रष्टाचार तथा अनियमितताका काण्डमा संलग्न भएको आरोप लगाउने गरिन्छ । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन् । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए ।

कांग्रेस समानुपातिक मार्फत प्रतिनिधि सभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन् । लामो समय गैर सरकारी संस्थाहरुमा व्यस्त रहेकी उनी ०५१ सालमा देउवासँग विवाह गरेपछिपनि लामो समय सक्रिय राजनीतिमा थिइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *