वैदेशिक रोजगारीमा मलेसिया जाने धेरै, दोस्रोमा यूएई
जेठ ११, २०८१ । वैशाख महिनामा वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीको संख्या धेरै देखिएको छ । मलेसियाले मे ३१ तारिकसम्म मात्रै विदेशी कामदार लिने बताएको छ । म्यानपावर कम्पनीहरुले तोकिएको समयमा नै नेपाली कामदार पठाउँदा मलेसिया जाने धेरै देखिएको हो ।
वैदेशिक रोजगार विभागको मासिक प्रगति विवरणअनुसार वैशाखमा १६ हजार ९ सय ४९ जनाको मलेसियाका लागि श्रम स्वीकृति भएको छ । त्यसमा म्यानपावर कम्पनीबाट जानेको संख्या १४ हजार ७ सय २८ रहेको छ ।
वैशाखमा संयुक्त अरब इमिरेट्स ९यूएई० दोस्रोमा रहेकोे छ । यूएई जानका लागि वैशाखमा १६ हजार ५ सय १२ जनाको श्रम स्वीकृति भएको छ । त्यसमा म्यानपावर कम्पनीबाट जानेको संख्या ९ हजार ३ सय ८३ रहेकोे छ ।
तेस्रोमा रहेकोे कतार जान ११ हजार १ सय ७ जनाको श्रम स्वीकृति भएको छ । त्यसमा म्यानपावर कम्पनीबाट गएकाको संख्या २ हजार ५ सय ८७ रहेको छ । चौथोमा रहेकोे साउदी अरब जान ११ हजार ६१ जनाको श्रम स्वीकृति भएको छ । त्यसमा म्यानपावर कम्पनीबाट गएकाको संख्या ४ हजार ६ सय ७६ रहेको छ । कुवेतमा ३ हजार ३ सय ८६ जनाको श्रम स्वीकृति भएको छ । त्यसमा म्यानपावर कम्पनीबाट गएकाको संख्या २ हजार १ सय २९ रहेकोे छ ।
वैशाखमा रोमानियामा १ हजार ८४ जना गएकोमा म्यानपावर कम्पनीबाट २ सय २० जना गएका छन् । बेलायतमा २ सय ८९ जना गएकोमा म्यानपावर कम्पनीबाट १३ जनामात्रै गएका छन् । ओमानमा ५ सय ५२ जना गएकोमा म्यानपावर कम्पनीबाट २ सय ७६ जना, मरिससमा ६ सय ७ जना, क्रोएसियामा १ हजार ८१ जना रोजगारीका लागि गएका छन् । जापानमा १ हजार २ सय ९८ जना गएकोमा म्यानपावर कम्पनीबाट १ सय ७ जना, साइप्रसमा ८ सय ४९ जना गएकोमा म्यानपावर कम्पनीबाट ७ सय ६१ जना गएका छन् ।
वैशाखमा सबै प्रक्रियाबाट ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६ सय २७ महिला छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

