आइबारका लागि विदेशी मुद्राको विनिमय दर
भदौ १६, २०८१ । आज आइबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ । त्यसैगरि क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ८० पैसा रहेको छ ।
जापानी येन एकको खरिद दर ९ रुपैया २२ पैसा रहेको छ भने विक्रि दर ९ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, भारतीय पैसा एकको खरिद दर १ सय ६० रुपैया रहेको छ भने विक्रि दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

