विजनेस

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Sharing is caring!

साउन १०, २०८१ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *