विजनेस

यस्तो छ आजको विनिमय दर

Sharing is caring!

जेठ ६, २०८१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको थियो ।

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा छ । शुक्रबार खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको थियो

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *