सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक
वैशाख २३, २०८२ । सुदिप अधिकारी र शान्ती श्री परियारको स्वरमा लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक गरिएको छ। गीत सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा शब्द तथा संगीत सुदिप अधिकारीकै रहेको छ भने संगीत संयोजन कमल सौरागले गरेका छन्। कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको गीत सुमन राना र खुमन रानाले रेकर्ड गरेका हुन्।
भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ। सुदीप बरालको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको भिडियो गाउँले परिवेशमा छायांकन गरिएको छ।
लेकबेसी, गोठालो र पानी पँधेरो जस्ता दृश्यहरूमार्फत ग्रामीण जनजीवन चित्रण गरिएको भिडियोमा प्रेमिल जोडीबीचको कल्पना, टाढा जानु पर्दाको पीडा र त्यस क्रममा हुने संवादलाई समेटिएको छ। गीतले युवा–युवतीबीचको भावनात्मक सम्बन्धलाई लोकधुनमा प्रस्तुत गरेको छ।

