समाचार

ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी, दमकलको प्रयासबाट नियन्त्रणमा

Sharing is caring!

वैशाख २६, २०८२ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६, ठमेल सातघुम्ती चोक नजिक शुक्रबार दिउँसो साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको चार तले पक्कि घरको दोस्रो तलामा आगलागी भएको छ।

प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाका अनुसार, आगलागी विद्युत् सर्ट भएर सुरु भएको हो, जसले गर्दा दोस्रो र तेस्रो तलामा क्षति पुगेको छ। दोस्रो तलामा राजन श्रेष्ठले भाडामा लिइराखेको फुलमुन क्लब सञ्चालन भइरहेको थियो।

दमकल र स्थानीय प्रशासनको तातो समन्वयले आगलागीलाई एक घण्टामा पूर्ण रूपमा नियन्त्रणमा ल्याएको छ। काठमाडौँ महानगरपालिकाका तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल, पानी ट्याङकर, नेपाल प्रहरी र स्थानीय सहयोगीहरूको प्रयासले आगलागी रोकिएको हो।

अहिले सम्म आगलागीबाट भएको सम्पत्ति क्षतिको विवरण भने आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *