देश

पोखरामा उद्घाटन समारोहमा बेलुन फुटेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

Sharing is caring!

फागुन ३, २०८१ । पोखरा महानगरपालिकामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा एक अप्रत्याशित घटना घटेको छ। उद्घाटनको क्रममा बेलुन फुटेर उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

घटनामा घाइते भएका अर्थमन्त्री पौडेल र आचार्यलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ।

चिकित्सकका अनुसार, अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको छ, र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।

सम्बन्धित अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेका छन् र थप जानकारी सार्वजनिक गर्ने तयारीमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *