विजनेस

प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित

Sharing is caring!


असार ३१, २०८१ । सरकारले सदनमा पेस गरेको आर्थिक विधेयक, २०८१ पारित भएको छ । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा समक्ष विधेयक पेश गरेका थिए ।

राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता समेत पठाइसकेको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।

प्रस्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *