Headlineदेश

सङ्घीय संसद्को बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची

Sharing is caring!

असार ९, २०८२ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूबाट जवाफ तथा स्पष्टीकरण प्रस्तुत गरिने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने छन् ।

यसका साथै युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, तथा गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका शीर्षकमाथि उठेका प्रश्नको पनि जवाफ दिने कार्यक्रम रहेको छ ।

अर्कातर्फ, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *