देश

संघीय संसदका दुवै बैठक आह्वान

Sharing is caring!

जेठ ३, २०८१ । संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले दुवै सदन बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । तर,बैठक बस्ने नबस्ने निश्चित छैन ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएको कांग्रेसको आरोप छ । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएकोले माग पूरा नभएसम्म सदन चल्न नदिने अडान लिएको छ ।

सोही कारण जेठ १ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि सदनमा टेबुल हुन सकेको छैन । राष्ट्रपतिलाई ‘धन्यवाद प्रस्ताव’ समेत राष्ट्रिय सभाले पािरत गर्न सकेन । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक भने दिउँसो १ :१५ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको बैठकका सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने, सञ्चारमन्त्रीले मिडिया काउन्सिल विधेयक पेश गर्ने लगायत ६ कार्यबुँदामा सूची उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *