सुनचाँदीको मुल्यमा गिरावट
असोज २३, २०८१ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो ।
अब छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ पर्नेछ । मंगलबार सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।

