देश

मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौं : कुलमान घिसिङ

Sharing is caring!


भदौ १, २०८१ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् ।

उनले भने, ‘विभिन्न आरोह अवरोहकाबीच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठनौं घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सातसय मेगावाट भन्दा बढि निर्यात गर्ने अवस्थामा पुगेका छौं । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ बैसाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौं ।’

साथै उनले प्राविधिक कारणले केही छिन विद्युत अवरुद्द भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे । उनले वर्षायाममा विद्युत भारत निर्यात गरि विदेशि मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *