देश

देशभर मनसुनी वायुको प्रभाव

Sharing is caring!


भदौ २४, २०८१ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसका कारण सोमबार देशभर साधारण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानसँगै लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *