देश

शिक्षक आन्दोलन उत्कर्षमा पुग्दा शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Sharing is caring!

वैशाख ८, २०८२ । लामो समयदेखि जारी शिक्षक आन्दोलन उत्कर्षमा पुगेसँगै शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएकी छन्।

बालुवाटार स्रोतका अनुसार मन्त्री भट्टराईले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी राजीनामा बुझाएकी हुन्। शिक्षक आन्दोलनले चर्को रूप लिँदै गइरहेको र शिक्षक महासंघसँग पटक–पटकको संवादबाट समेत समाधान निस्कन नसकेपछि उनी चर्को दबाबमा थिइन्।

सम्बाद र वार्ता भइरहे पनि ठोस सहमति नजुट्दा शिक्षामन्त्री भट्टराई चौतर्फी आलोचना र असन्तुष्टिको घेरामा परेकी थिइन्।

आजै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी रहेको र सो बैठकमा उनको राजीनामा स्वीकृत हुने सम्भावना उच्च रहेको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *