देश

सभामुखले प्रमुख सचेतकहरूसँग गरे छलफल : सदनको कार्यतालिका लागू गर्ने

Sharing is caring!


साउन ३, २०८१ ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरबारमा भएको छलफलमा संघीय संसदको कार्यतालिका र विचाराधिन विधेयकहरुको बारेमा छलफल गरेका हुन् ।

छलफलमा सदन चलाउने क्यालेन्डर र समितिका बैठकबारे साउन १५ गतेसम्मको क्यालेन्डर बनाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले थपे, ‘ साउन १५ गतेसम्मको छ दिनको बैठकको लातिका ६,७,८र १३ १४ १५ यो निर्धारण भयो । अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो ।

कुन बैठकमा कुन विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौं । थप छलफलको लागि भोलि १ बजे बस्ने हाम्रो कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ ।’

त्यसैगरी प्रधानमन्त्रीको विश्वासको मतबारे समेत छलफल भएको बर्तौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *