Headlineदेश

सिंहदरबारमा मुख्य सचेतक र सभामुखबीच छलफल

Sharing is caring!

जेठ १६, २०८२ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल भइरहेको छ ।

प्रतिपक्षी दलहरूद्वारा निरन्तर संसद् अवरोध गरिएको अवस्थामा उक्त अवरोध हटाउने उपाय, आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललगायत विषयमा छलफल गर्न सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन् ।

सभामुख घिमिरेले सुरुमा प्रमुख सचेतक र सचेतकहरूलाई सिंहदरबारस्थित सभामुख कार्यालयमा छलफलका लागि बोलाएका छन् । त्यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाउने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलहरू प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । यिनै दलहरूले जेठ १५ गते सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न दिएको भए पनि गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् सञ्चालन हुन नदिने अडान दोहोर्याउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *