विकासशील मुलुकको दर्जाले नेपाललाई राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यमा सहजता ल्याउने : अर्थमन्त्री पौडेल
असार ५, २०८२ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकमा उक्लिने प्रक्रियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सहकार्यका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
बिहीबार एक कार्यक्रममार्फत बोल्दै मन्त्री पौडेलले सन् २०२6 मा नेपालले पाउने यो स्तरोन्नति समृद्धितर्फको यात्रामा ऐतिहासिक माइलखुट्टे सावित हुने बताए। “विकासशील मुलुकको दर्जा प्राप्त गर्नु नेपालका लागि आर्थिक विकासको नयाँ चरणमा प्रवेश गर्ने संकेत हो,” उनको भनाइ थियो।
उनका अनुसार यो परिवर्तनसँगै अन्तर्राष्ट्रिय व्यापार, विकास सहयोग परिचालन, दिगो विकास लक्ष्य (SDG) कार्यान्वयन, प्राविधिक दक्षता अभिवृद्धि, विपद् व्यवस्थापन र जलवायु परिवर्तनको चुनौती जस्ता विषयमा थप चनौतीहरू देखा पर्नेछन्।
यी चुनौतीको प्रभावकारी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, गैरसरकारी संस्थाहरू र विकास साझेदारबीच गहिरो सहकार्य अपरिहार्य रहेको मन्त्री पौडेलले स्पष्ट पारे।

