समाचार

सचिवहरूको चेतावनीपछि देउवाको फोन : खतिवडालाई कूलिङ पिरियडको व्यवस्था संशोधन गर्न निर्देशन

Sharing is caring!

जेठ ६, २०८२ । संघीय निजामती सेवा विधेयकको केही प्रावधानलाई लिएर सरकारका सचिवहरू असन्तुष्ट बनेका छन्। विशेष गरी कूलिङ पिरियडसम्बन्धी व्यवस्थाले समस्या पार्ने भन्दै उनीहरूले सामूहिक राजीनामासमेत दिन सक्ने चेतावनी दिएका छन्।

सचिवहरूको तीव्र असन्तुषपश्चात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग फोन संवाद गर्दै कूलिङ पिरियडसम्बन्धी प्रावधान फेरबदल गर्न सुझाव दिएका छन्।

प्रतिनिधिसभाको समितिबाट पारित प्रतिवेदनले उच्च पदस्थ कर्मचारीको कार्यकाल र सरुवासम्बन्धी नयाँ मापदण्ड तय गरेको छ। तर सचिवहरूको ठम्याइमा, प्रस्तावित नियमले सेवामा अवरोध पुर्‍याउने खतरा रहेको छ।

यो परिस्थितिमा सत्ता गठबन्धनभित्रसमेत विधेयकको पुनरावलोकन आवश्यक देखिएको छ। अब समितिबाट उक्त प्रावधानमा फेरबदल हुने सम्भावना बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *