मधेशमा बैशाख २३ र जेठ २८ गते सार्वजनिक बिदा
वैशाख २१, २०८२ । मधेश प्रदेश सरकारले जानकी नवमी र कबीर दास जयन्तीका अवसरमा बैशाख २३ र जेठ २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशबाट जारी सूचना अनुसार जानकी नवमी (बैशाख २३) र कबीर दास जयन्ती (जेठ २८) का दिन प्रदेशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा हुनेछ।
प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालको सार्वजनिक बिदा सम्बन्धी सूचीमा उल्लेख नभए पनि मधेश प्रदेश सरकारले छुट्टै निर्णयमार्फत् यी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रालयका उपसचिव गणेश साहको हस्ताक्षर सहितको सूचनामा सम्बन्धित सबै निकाय, कर्मचारी तथा नागरिकलाई जानकारी गराउन सूचना प्रकाशित गरिएको जनाइएको छ।


