देश

ऋण खोजेरै दुग्ध किसानको बक्यौक्ता भुक्तानीका लागि पहल गरेको छु : कृषिमन्त्री साह

Sharing is caring!

वैशाख १, २०८१ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले युवा र महिलाका लागि स्वदेशमै रोजगारीको सिर्जना गरेर विदेश पलायन हुने थितिको अन्त्य गर्न सरकार लागि परेको बताएकी छिन् । शनिबार देशभक्त युवा नेपालद्धारा आयोजित आत्मनिर्भर युवाहरुलाई सम्मान तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आम युवाहरु आत्मनिर्भर बन्न सक्यो भने मुलुक समृद्धिमा लम्किने बताइन् ।

उनले भनिन्, ‘विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागिपरेकी छु । विषेशगरि तिमुरको अचार बनाएर दर्जनौं देशमा निर्यात गरिरहेका महिलाहरुका लागि हामि सहयोग गर्न तत्पर छौं । जति धेरै युवाहरुले आ–आफ्नो क्षेत्रमा काम गर्न सक्यो त्यति नै मुलुक आत्मनिर्भर हुँदै जानेछ ।’ नेपालमा दुई लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै साहले त्यसको आधा भागमा चैते धान खेति गर्नेगरि मन्त्रालय लागिपरेको बताइन् ।

उनले भनिन्, ‘नेपाल बाँझो जमिन दुई लाख हेक्टर छ । यो खाली जमिनमध्ये मैले एक लाख हेक्टर जमिनमा चैते धान खेति गर्यौ भने धानमा पनि आत्मनिर्भर बन्न सक्छौं । यसका लागि मन्त्रालय योजना बनाइरहेको छ ।’ दुग्ध किसानको बाँकी बक्यौता तिर्न मन्त्रालयले ३० करोड ऋण लिएर प्रक्रृयामा गएको उल्लेख गर्दै उनले सरकार ऋणमा डुबेपनि किसानलाई पिर पर्न दिन नहुने जिकिर गरिन् ।

उनले भनिन्, ‘ऋण खोजेरै दुग्ध किसानको दुधको बक्यौक्ता भुक्तानीका लागि पहल गरेको छु । प्राविधिक प्रक्रियामा छ छिट्टै किसानका हातमा जानेछ । ऋण निकालेरै भएपनि किसानहरुलाई मर्का पर्न दिन्न । बरु सरकार ऋणमा डुबोस तर किसानलाई ऋण लाग्नु हुदैन । युवा र महिला अगाडि बढ्यो भने देश अत्याधिक सुन्दर र समृद्धितर्फ जानेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *