समाचार

सहकारी पीडितहरू सडक आन्दोलनमा

Sharing is caring!


भदौ १६, २०८१ । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्म सहकारी पीडितहरूले यसअघि भएको सम्झौता कार्यान्वयन गरी सहकारीमा बचत गरिएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरु रत्नपार्कबाट जुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खाजिरहेको बेला भद्रकाली नजिकै प्रहरीले रोकेको थियो ।

सरकारले विगतका गरेको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रिनपरेको पीडितहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *