समाचार

सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री रवि लामिछाने

Sharing is caring!

जेठ ६, २०८१ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन् ।

दुई महिनापछि संसदमा बोल्न पाएका लामिछानेले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु ।

‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौं । राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौं,’ उनले भने ।

उनले भावुक भनाइहरु राख्दै आफू सधैं तारो बनिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *