अखवार

वैदेशिक व्यापारमा संकुचन : १५ खर्बको आयात, डेढ खर्बको निर्यात

Sharing is caring!


साउन ८, २०८१ । मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०-८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर्थिक वर्ष २०८०-८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९-८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो ।

एक वर्षमा निर्यात ३.०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपियाँमा झरेको छ । आव २०७९-८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपियाँको निर्यात भएको थियो ।

गएको एक वर्षमा आयात घट्दा व्यापार घाटा ०.९६ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपियाँको भएको छ । अघिल्लो वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपियाँ व्यापार घाटा भएको थियो । गत एक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी आई १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपियाँमा सीमित रहेको छ ।

व्यापारविज्ञ एवं पूर्वसचिव पुरुषोत्तम ओझाले बजारमा माग न्यूून हुुँदा आयातमा कमी आएको बताउनुुभयो । पाम तेल, सूर्यमुखी तेल र भटमासको तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको उहाँको भनाइ छ । कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालुु एड) गरेर निर्यात गरिने वस्तुुको निर्यातमा कमी हुँदा त्यसको असर नपरे पनि मुुलुकमा उत्पादित चिया, अलैँची, कार्पेट, गार्मेन्टको निर्यात घट्दा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ ।

भन्सार विभागका सूचना अधिकारी पुुण्यविव्रmम खड्काले रुस–युव्रmेन युुद्धपछि बाहिरी मुलुकबाट कच्चा पदार्थको आयात कम हुुँदा समग्र निर्यातमा कमी आएको जानकारी दिनुुभयो । विभागका अनुसार एक वर्षमा सबैभन्दा धरै भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपियाँ बराबरको वस्तु आयात हुुँदा नेपालबाट एक खर्ब तीन अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । आयात बढ्दै गए पनि सो अनुुपातमा निर्यात न्यून हुुँदा भारतसँग आठ खर्ब ९३ अर्ब ५० करोड ५१ लाख रुपियाँ व्यापार घाटा छ ।

यस्तै चीनबाट दुई खर्ब ९८ अर्ब बराबर वस्तु आयात, दुई अर्ब ५८ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ । चीनसँग दुुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपियाँ व्यापार घाटा रहेको छ ।

पेट्रोलियममा मात्र साढे तीन खर्ब बाहिरियो

एक वर्षमा पेट्रोलियम पदार्थ आयातमा मात्र तीन खर्ब ३७ अर्ब ३४ करोड रुपियाँ विदेशिएको छ । पेट्रोलियम आयात उच्च हुँदा व्यापार घाटा बढाएको छ । एक वर्षमा सबैभन्दा धेरै एक खर्ब ४३ अर्ब ९७ करोड ६७ करोड २७ हजार रुपियाँको डिजेल आयात भएको छ ।

यस्तै एक वर्ष ६८ अर्ब १० करोड २० लाख ३६ हजार रुपियाँको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । २० अर्ब रुपियाँको ७८ करोड ४१ लाख रुपियाँको हवाई इन्धन आयात भएको छ ।

यस्तै एक खर्ब २५ अर्ब रुपियाँ बराबरको फलाम तथा स्टिल आयात भएको छ, जसमा ८५ अर्ब ७४ करोड बराबरको सवारीसाधन आयात छ । ४५ अर्ब ७९ करोड ७४ लाख रुपियाँको खाद्यान्न आयात भएको छ ।

२८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपियाँको स्मार्ट फोन र २८ अर्ब बराबर तरकारीजन्य वस्तु आयात भएको छ ।

घट्यो राजस्व

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०-८१ मा १५ खर्ब ९२ अर्बको आयात हुुँदा चार खर्ब २० अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष छ खर्ब २७ अर्ब रुपियाँको राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा चार खर्ब २० अर्ब रुपियाँ मात्र सङ्कलन भएको विभागले जनाएको छ । आयात घट्दा राजस्व सङ्कलनमा समेत कमी आएको हो । आर्थिक वर्ष २०७९-८० मा तीन खर्ब ७७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

१७० मुलुकसँग वैदेशिक व्यापार

नेपालले विश्वका विभिन्न १७० वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । तीमध्ये ३५ वटा देशसँगको व्यापारमा मात्रै नेपाल नाफामा छ । बाँकी सबै देशसँगको व्यापार घाटामा छ । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *