कांग्रेस बैठक : चुनावी गठबन्धन माओवादीसँग सत्ता सहकार्य किन एमालेसँग ?
असार १७, २०८२ । प्रमुख सत्ता साझेदार कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनदेखि सत्ता सहकार्यका ’दयगतमा नेतृत्वसँग जवाफ मागिएको छ । चुनावी गठबन्धन गर्दा एउटा दलसँग अनि सत्ता सहकार्य अर्को दलसँग किन गरिएको भन्दै पार्टी नेतृत्वसँग प्रश्न उठाइएको छ ।
सोमबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा सुरु भएको छ । पार्टी विधानअनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक ९ महिनापछि बसेपछि त्यस’दयगतमा समेत जवाफ मागिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग नेता डा। शेखर कोइरालाले चुनावी गठबन्धन एउटासँग सत्ता सहकार्य अर्को दलसँग किन गरेको भन्दै त्यसको जवाफ माग गरेका छन् ।
गत आमनिर्वाचनमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका साना दलसँग चुनावी गठबन्धन गरेको थियो । तर, अहिले नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित साना दलसँग सत्ता सहकार्य गरिरहेको छ । त्यस’दयगतमा प्रश्न गर्दै कोइरलाले सभापति देउवासँग जवाफ माग गरेका छन् । साथै, उनले एमालेसँग सत्ता सहकार्य गर्दा संविधान संशोधनको मुद्दा कहाँ पुग्यो रु त्यस’दयगतमा पनि जवाफ मागेका छन् ।
कोइरालाले चुनावी गठबन्धनअनुसार अहिले सत्ता समीकरण नभएको भन्दै चुनावी गठबन्धन माओवादीसँग गरेर एमालेसँग सरकारमा सामेल हुनुलाई दुर्भाग्य भनेका छन् । ‘२०७९ सालको संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं, अहिले एमालेसँग सरकारमा छौं, त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन ग¥यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो रु कांग्रेस र एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ, के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’ कोइरालाले यस’दयगतमा सभापति देउवासँग जवाफ माग गरेका छन् ।
कांग्रेस र एमालेबीच सातबुँदे सहमतिपश्चात गठबन्धन सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारको नेतृत्व गर्दै छन् । सातबुँदे सहमतिमा संविधान संशोधनसहितका विषयहरू उल्लेख गरिएको छ । तर, सो सहमतिअनुसार संविधान संशोधनको मुद्दा हराएको टिप्पणी कोइरालाले गरेका छन् । सहमतिअनुसार गठबन्धन सरकार अगाडि नबढेकामा उनले चिन्ता व्यक्त गर्दै नेतृत्वसँग जवाफ मागेका छन् ।
‘यदि, संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो रु सभापतिज्यूले यसको चितबुझ्ने जवाफ दिनुपर्छ,’ देउवासँग प्रश्न गर्दै कोइरालाले जवाफ माग गरेका छन् ।
यसैगरी, कोइरालाले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेर सभापति देउवाले गलत गरेको आरोपसमेत लगाएका छन् ।
‘उपनिर्वाचनमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔं, पार्टीकै साथीलाई उम्मेदवार बनाऔं भन्दा हाम्रो कुरा सुनिएन, मधेश प्रदेशमा उपनिर्वाचनलगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो, आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेश प्रदेश सरकारमा कांग्रेस कहाँनिर छ ? यसको पनि जवाफ चाहियो,’ कोइरालाले प्रश्न गरेका छन् ।
यस्तै उनले पर्साको विषयमा बैठकमा उठाएका छन् । ‘पर्सा–१ मा गठबन्धनका नाममा लोसपालाई सिट दिइयो, गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो, कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो, उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँनिकट प्रतिद्वन्द्वी हुनुभयो, गठबन्धनका नाममा आफ्नो बलियो सिट किन अरूलाई दिइयो र?’ उनले प्रश्न गरे ।
यसैगरी, उनले २०७९ सालको निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको र फेरि २०८० सालको उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको विज्ञप्ति आएपछि त्यो कस्तो राजनीति थियो रु भन्दै प्रश्न उठाएका छन् ।
यस्तै, पार्टीको महाधिवेशन समयमै गर्न नसक्नुको कारण’दयगत पनि उनले देउवासँग जवाफ माग गरेका छन् । ‘कारण के हो ? क्रियाशीलको मात्रै हो कि अरू के हो ?क्लियर हुनुप¥यो, म जिल्लामा जाँदा टाइममै गर्नुपर्छ भनेर साथीहरू भन्नुहुन्छ, नवीकरण पनि हुन्छ, क्रियाशील पनि हुन्छ भन्नुहुन्छ त,’ कोइरालाले भने ।
देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएपछि उनले धन्यावाद दिँदै आफू सुरुदेखि नै पार्टी एकढिक्का होस् भन्ने व्यक्ति भएको बताए । तर, केही वास्तविकता भन्दैगर्दा त्यसमा चित नदुखाइदिनुहोला भन्ने आग्रह कोइरालाले गरे ।
‘हामी अहिले महाधिवेशनको वर्षमा छौं, २०८२ सालको मंसिर महिनामै १५औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि, हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुप¥यो, पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ,’ उनले भने ।
पार्टीमा अनुशासन समितिले निष्पक्ष काम नगरेको भन्दै उनले समितिले पार्टीको अग्रज नेतालाई राख्नुपर्ने प्रस्ताव गरेका छन् । अनुशासन समितिले एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराउने काम गरेको र कसैलाई निलम्बन गर्ने प्रस्तावसमेत गरेकोमा कोइरालाले बैठकमा प्रश्न उठाएका छन् ।
अनुशासन समितिको बैठकमा देउवाले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उम्मेदवार बनाएको जवाफ दिँदै शेखरलाई किन कारबाही नगर्ने भनेर भनेको कुरा उल्लेख गर्दै उनले सो कुरा के आधारमा भनेको त्यस’दयगतमा समेत जवाफ माग गरेका छन् ।
‘म आज धेरै सोचेर भन्दै छु, अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्छ, अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीका लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठीसम्म पनि काट्नसक्ने ताकत राख्नुहुँदो रहेनछ, तपाईंका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्नसक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू, यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन, एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ, कारबाहीमा किन विभेद ?’ कोइरालाले प्रश्न गरेका छन् ।
यसैगरी, सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहेकाले के कारणले उनलाई नहटाएको भन्दै कोइरालाले प्रश्न गरेका छन् । सो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापति देउवा र पदाधिकारीले बुझेको छ कि छैन भन्ने ’दयगतमा कोइरालाले जवाफ माग गरेका छन् ।
‘निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान् र इमानदार साथीहरूलाई टिकटबाट वञ्चित गरियो, अहिले अनुशासन कारबाहीको कैंची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिँदै छ, पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीहरूलाई सचेत गराऔं र रूख चिह्नको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो, उहाँहरू सबैलाई एकपटकलाई माफी दिऊँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु,’ कोइरालाले भने ।
क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार
बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको सदस्यताको अवस्था’दयगतमा जानकारी गराएका छन् । उनले कांग्रेसको क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार नाघेको जनाएका छन् । महामन्त्री थापाका अनुसार ८ लाख ७० हजार ७ सय ८० जना कांग्रेसका क्रियाशील सदस्य रहेका छन् । जसमा १४औं महाधिवेशनमा नवीकरण गर्नेहरू ४ लाख २३ हजार ४ सय ३४ जना र नयाँ ४ लाख ४७ हजार ३ सय ४६ जना र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५ सय ९२ जना क्रियाशील सदस्य रहेका छन् ।
उनले पेस गरेको विवरणअनुसार कांग्रेसले अहिलेसम्म ८ लाख ५१ हजार ७ सय ८० संख्यामा सदस्यता कार्ड छपाइ भएको जनाएको छ । बारा, डोल्पा र मुस्ताङका १ लाख ९ सय ४३ बाहेक ८ लाख ५० हजार ८ सय ४६ र जनसम्पर्क समितिमा ९ हजार ६ सय १८ सदस्यता वितरण भइसकेको छ ।
कांग्रेस क्रियाशील सदस्यता नवीकरणको फाराम २२ चैत २०७९ देखि नै जिल्ला जिल्लामा पठाउन थालिएको थियो । सोहीअनुसार ८ लाख ७० हजार ८ सय ८४ वटा फाराम पठाइसकिएको महामन्त्री थापाले पेस गरेको विवरणमा उल्लेख गरिएको छ ।
१२ असारसम्ममा केन्द्रको परिपत्रबमोजिम नवीकरण प्रविष्ट गरेका जिल्लाहरू पाँचवटा रहेका छन् । केन्द्रीय प्रणालीमा प्रविष्ट भएका जिल्ला १५, जिल्लामै निर्णय प्रक्रियामा रहेका १०, वडाबाट जिल्लामा नवीकरण फाराम संकलन भइसकेका जिल्ला ३३, नवीकरणमा समस्या भएका जिल्ला १४ रहेका छन् ।
त्यस्तै, नयाँ क्रियाशील सदस्यता फाराम २ लाख १७ हजार ९ सय १ वटा पठाइएको छ । नयाँ सदस्यता वितरण गर्न सबै जिल्लालाई भनिएको छ । नयाँ सदस्यता उपलब्ध गराउँदा जनसंख्या, मतसंख्या, क्लस्टरअनुसारको संख्या र सदस्यताको माग एवं आवश्यकतासमेतलाई हेरी उपलब्ध गराउनेगरी मापदण्ड बनाई साउनपछि वितरण अभियान गरिने महामन्त्री थापाले जनाएका छन् ।
भित्र बैठक, बाहिर नाराबाजी
कांग्रेस केन्द्रीय कार्यालयभित्र बैठक चल्दैगर्दा बाहिर नाराबाजी भइरहेको थियो । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको माग गर्दै प्रदर्शन भएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको महाधिवेशन पक्षधरहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ?’, ‘म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
कांग्रेसमा क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्थाको म्याद थपजस्ता केही पेचिला मुद्दा रहेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार विभिन्न बैठकमा १३ एजेन्डामा छलफल भइरहेको छ । पार्टीले सञ्चालन गरेको सयदिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण र वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीतिसहितका १३ एजेन्डा पेस गरिएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

