समाचार

सामुदायिक वन विकास कार्यक्रमले ३३ लाख घरधुरी लाभान्वित : मन्त्री शाही

Sharing is caring!

साउन २५, २०८१ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित भएको बताएका छन् । शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताएका हुन् ।

उनले भने, ‘वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समूदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप चार दशक पहिले सुरु भएको सामुुदायिक वन विकास कार्यक्रम नेपालको एक महत्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका २३ हजार बढि सामुदायिक वन र उपभोक्ता समुहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन् । करिव ३३ लाख घरधुरी लाभान्वित भएको कुरा जानकारीमा आएको छ ।’

साथै उनले नेपालले सामुदायिक वन व्यवस्थापन प्रणालीबाट प्राप्त गरेका उपलब्धिहरु विश्वमा नै उदाहरणीय रुपमा रहेको बताए । उनले वन व्यवस्थापन कार्यक्रमले हरियाली वृद्धि गर्न, वनको हस्तक्षेपमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न र जलाधार क्षेत्रको संरक्षण गर्न ठुलो सहयोग गरेको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *