समाचार

यातायातका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Sharing is caring!

साउन ३१, २०८१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।

आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *