देश

काठमाडौं महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु

Sharing is caring!


भदौ ३, २०८१ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु भएको छ ।

सोमबार महानगरले काठमाडौंको दरबार हाइ स्कुलमा ढावा, भोजनालय, खाजा घरलगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब चारसय व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यले फुड सेप्टी बुट क्याम्प (खाद्य स्वच्छता प्रवर्द्धन शिविर) आयोजना गरेको हो ।

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ स्लोगनसहित गर्न लागिएको यो कार्यक्रम स्वर्णिम योजना अन्तर्गतको पहिलो संस्करण हो । कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *