देश

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बोर्डको स्पष्टोक्ति

Sharing is caring!

वैशाख १९, २०८२ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) अन्तर्गत कक्षा १२ को परीक्षा तोकिएको तालिकाअनुसार नै सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा नियमितरूपमा सञ्चालन हुने जानकारी गराएको छ।

बोर्डले परीक्षा स्थगित वा सारिएको भन्ने आशयका भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएपछि स्पष्टोक्ति जारी गर्दै परीक्षामा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र सम्बन्धित सबैलाई भ्रममा नपर्न आग्रह गरेको हो।

यसअघि शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा मिति सारिएको भए पनि पछिल्लो सहमति पछि परीक्षा पुनः तोकिएको मितिमा नै हुने बोर्डले जनाएको छ। बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सामाजिक सञ्जालमा फैलाइएको सूचना प्रति आपत्ति जनाउँदै आफ्नो आधिकारिक सूचना केवल वेबसाइटमार्फत मात्र सार्वजनिक हुने स्पष्ट पारेको छ।

बोर्डले परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै परीक्षा केन्द्रहरूमा मर्यादित, सुरक्षित र व्यवस्थित तवरले परीक्षा गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, अभिभावक र सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *