देश

चुरे तथा बनजंगल संरक्षण अभियानको धर्ना कार्यक्रमको एक सय दुई दिन पूरा

Sharing is caring!


साउन २३, २०८१ । चुरे तथा बनजंगल संरक्षण अभियान नेपालको अनवरत धर्ना कार्यक्रमको १०२ दिन पूरा भएको छ । २४ दिनको पैदल या त्रा गरेर जेठ १० गते काठमाडौं आइपुगेर माइतीघर मण्डलामा अनवरत धर्ना बसेको आज बुधबार १०२ दिन पूरा भएको हो ।

यो आन्दोलन पानीको स्रोत संरक्षण गर्नका लागि र तराई–मधेशलाई जलवायु परिवर्तनका नकरात्मक असरहरुबाट बचाउनका लागि गरिएको जनाइएको छ ।


यस क्षेत्रमा बसोवास गर्ने दलित, जनजाति र सीमान्तकृत समुदायको जिविकोपार्जन र जीवनयापनका लागि सहज तुल्याउँदै वातावरण संरक्षण गर्नको लागि धर्ना कार्यक्रम गरिएको अभियान नेपालले जनाएको छ ।

चुरे तथा बनजंगल संरक्षण अभियान नेपालले विज्ञप्ती निकाल्दै भनेको छ, ‘जसरी चुरेक्षेत्र मेचीदेखि महाकालीसम्म फैलिएको छ, चुरे संरक्षण आन्दोलनलाई पनि त्यसैगरी जनस्तरसम्म फैलाउनु जरुरी छ । हामी काठमाडौं आयांैं, हाम्रा आवाज र मागहरुलाई सिंहदरवार, राष्ट्रपति, तराई मधेश संरक्षण विकास समिति र समस्त काठमाडौंवासीलाई सुनाउने प्रयत्न गर्यौं ।

चुरे–तराई मधेशको भुईतहबाट उठेको यो संरक्षण आन्दोलनलाई राज्यले पूर्णतः वेवास्ता गरेको महत्व हामीलाई भएको छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *