विदेश

अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक प्रणालीको स्थायित्व कायम राख्न अमेरिकालाई चीनको आग्रह

Sharing is caring!

जेठ ६, २०८२ । चीनले अमेरिकालाई अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक प्रणालीको स्थायित्व कायम राख्न र लगानीकर्ताहरूको हितको संरक्षण गर्न जिम्मेवार नीतिगत कदम चाल्न आग्रह गरेको छ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले उक्त टिप्पणी गरेका हुन्। अमेरिकी ऋणको बढ्दो भारप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था मूडीजले अमेरिकी संप्रभु क्रेडिट रेटिङमा अवनति गरेपछि सो विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ताले प्रतिक्रिया जनाएका हुन्।

चिनियाँ प्रवक्ताले भने, “अमेरिकाले दीर्घकालीन वित्तीय स्थायित्वलाई प्राथमिकता दिनुपर्छ र नीति निर्माणमा होशियारी अपनाउनुपर्छ, किनभने यसको असर केवल अमेरिका होइन, सम्पूर्ण विश्वको अर्थतन्त्रमा पर्न सक्छ।”

चीनले लगानीकर्ताहरूको भरोसा कायम राख्न र विश्वव्यापी वित्तीय प्रणालीको सन्तुलन जोगाउन अमेरिका जिम्मेवार बन्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *